गर्जमुनी (एक झलक)
गर्जमुनी , कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका , वडा नम्बर ०५ मा अवस्थित , सांस्कृतिक रूपमा धनी र प्राकृतिक सौन्दर्यले भरिपुर्ण गाउँ हो । यो गाउँ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र स्याली नदी लगायतका प्राकृतिक स्थलहरूबाट घेरिएको छ। यो विविध समुदायहरूको बसोबास स्थल हो । सिंचाइ समस्या र मानव वन्यजन्तु द्वन्द जस्ता चुनौतीहरू हुँदाहुँदै पनि , गर्जमुनीको बलियो सामुदायिक भावना, उर्वर कृषियोग्य भुमी, आदि यो क्षेत्रको विकाशका आधार हुन । अवस्थिती: भौगोलिक अवस्थिती: गर्जमुनी , शुक्लाफाँटा नगरपालिका वडा नं. ५ (पहिलेको पिपलाडी गाविस वडा नम्बर ९) , कञ्चनपुर जिल्लामा अवस्थित छ। यो गाउँ 28°54'24.3"N 80°19'34.7"E मा अवस्थित छ। वरपरका स्थलचिह्नहरू र प्राकृतिक विशेषताहरू: महेन्द्र राजमार्गको दक्षिणमा अवस्थित यो गाउँ समृद्ध प्राकृतिक र कृषि परिदृश्यहरूले घेरिएको छ । सीमाना: पूर्व: वनमिति गाउँ , बैशाखा गाउँ , र सशस्त्र प्रहरी बल (एपीएफ) क्याम्प । पश्चिम: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज , शान्त स्याली नदी । उत्तर: नागेश्वर सामुदायिक वन , महेन्द्र र...