गर्जमुनी (एक झलक)
गर्जमुनी, कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका, वडा नम्बर ०५ मा अवस्थित, सांस्कृतिक रूपमा धनी र प्राकृतिक सौन्दर्यले भरिपुर्ण गाउँ हो । यो गाउँ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र स्याली नदी लगायतका प्राकृतिक स्थलहरूबाट घेरिएको छ। यो विविध समुदायहरूको बसोबास स्थल हो । सिंचाइ समस्या र मानव वन्यजन्तु द्वन्द जस्ता चुनौतीहरू हुँदाहुँदै पनि, गर्जमुनीको बलियो सामुदायिक भावना, उर्वर कृषियोग्य भुमी, आदि यो क्षेत्रको विकाशका आधार हुन ।
अवस्थिती:
भौगोलिक अवस्थिती: गर्जमुनी, शुक्लाफाँटा नगरपालिका वडा नं. ५ (पहिलेको पिपलाडी गाविस वडा नम्बर ९),
कञ्चनपुर जिल्लामा अवस्थित छ। यो गाउँ 28°54'24.3"N
80°19'34.7"E मा अवस्थित छ।
वरपरका स्थलचिह्नहरू र प्राकृतिक विशेषताहरू:
महेन्द्र राजमार्गको दक्षिणमा अवस्थित यो गाउँ समृद्ध प्राकृतिक र कृषि
परिदृश्यहरूले घेरिएको छ ।
सीमाना:
- पूर्व: वनमिति गाउँ, बैशाखा गाउँ, र सशस्त्र प्रहरी बल (एपीएफ) क्याम्प ।
- पश्चिम:
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, शान्त स्याली
नदी ।
- उत्तर:
नागेश्वर सामुदायिक वन, महेन्द्र राजमार्गको
छेउमा ।
- दक्षिण:
खजुवा र बैशाखा गाउँहरू ।
पृष्ठभूमि:
केही मात्रामा रैथाने थारु समुदायको बसोबास
रहेको यो गाउँमा मुख्य रुपमा बैतडी, दार्चुला र
डडेलधुरा जिल्लाहरूबाट बसाइँसरी आएका पहाडी समुदाय बसोबास गर्दछन ।
जनसांख्यिकी र संस्कृति:
जातीय संरचना: यहाँ
ब्राह्मण,
क्षेत्री, थारू, र दलित
समुदायहरूको बसोबास रहेको छ ।
बोलिने भाषाहरू: यहाँको
प्रमुख भाषा डोटेली हो, केही थारू भाषीहरूले गाउँको
विविध विरासतलाई झल्काउँछन्।
अर्थव्यवस्था र जीविकोपार्जन:
गर्जमुनीको उर्वर मैदान कृषि कार्यका लागि उत्तम
मानिन्छ । गाउँमा हाल नहर सिंचाइको अभाव हुदा कृषी क्षेत्रमा सोचेजति प्रगति हुन सकेको
छैन । स्याली नदी नजिकका किसानहरूले सिंचाइका लागि पम्पसेटहरू प्रयोग गर्छन्, र अरूले समूह वा व्यक्तिगत रूपमा साना ट्युबवेलहरू निर्माण गरेका छन्।
यहाका मुख्य बालीहरूमा धान, गहुँ र मकै समावेश छन्।
यहाँ गर्जमुनी मुल चौराहामा स्थानिय बजार रहेको
छ, साथै गाउँ भित्र आंशिक रुपमा किराना लगायतका आवश्यक सामग्री पाइने पसलहरु रहेका
छन । स्थानीय कृषि उपज प्रसोधन मिल, साना
इटा भट्ठा लगायतका व्यवसाय तथा साना उद्योगहरूले यस गाउँको अर्थतन्त्रमा थप योगदान
पुर्याउँछन्।
पूर्वाधार र सुविधाहरू:
यातायात (सडकहरू, कनेक्टिविटी): गाउँको मुख्य सड़क (उत्तर-दक्षिण)
कालोपत्रे गरिएको छ, अन्य शाखा सडकहरू प्रायः ग्रावेल
गरिएका छन्।
शैक्षिक संस्थानहरू:
- शिव
शंकर माध्यमिक विद्यालय: विभिन्न पेसा व्यवसायमा
अब्बल जनशक्ती उप्तादन गरेको यो विद्यालय जिल्ला कै ख्यातिप्राप्त विद्यालय
हो । यसको सफल सञ्चालन तथा व्यवस्थापनमा प्रधानाध्यापक विष्णु दत्त जोशी,
उहाँको शिक्षण टोली र सहयोगी समुदायको ठूलो हात रहेको छ ।
- हुनैनाथ
बोर्डिंग स्कूल:यो आधारभुत तह सम्म
शिक्षण हुने यस क्षेत्रको निजी शैक्षिक संस्था हो, यसले यहाँ शैक्षिक परिदृश्यलाई अझ सुदृढ
बनाउँन सहयोग पुर्याएको छ।
स्वास्थ्य सेवा सुविधाहरू:
यस गाउँको कृष्ण टोलमा वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रले रहेको छ ।
समुदाय एवं स्थानीय परोपकारीहरूको सहयोगमा यस क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालित
छ । स्थानीय रूपमा उपलब्ध स्वास्थ्य सेवा बाहेकका सेवाहरूका लागि, बासिन्दाहरू पिपलाडी अस्पताल, महाकाली प्रादेशिक
अस्पताल, र सेती प्रादेशिक अस्पतालमा भर पर्दछन्।
पानी आपूर्ति र सरसफाइ: यहाँका
बासिन्दाहरू हाल पिउने पानीको लागि हाते ट्युबेलमा निर्भर छन्, यस क्षेत्रको खानेपानी आयोजना वडा कार्यालय नजिकै निर्माणाधीन चरणमा रहेको
छ ।
प्राकृतिक स्रोतहरू र वातावरण:
प्राकृतिक परिदृश्य र जैविक विविधता:
गर्जमुनी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र स्याली नदी सहित प्राकृतिक
परिदृश्यहरूले घेरिएको छ, जसले यसको जैविक विविधतामा
योगदान पुर्याउँछ।
समुदाय र सामाजिक जीवन:
सामुदायिक संगठन र गतिविधिहरू:
गर्जमुनीमा सामुदायिक भावना बलियो छ, विभिन्न संगठन
र गतिविधिहरूले एकता भावना फस्टाउँछन्।
चाडपर्व र कार्यक्रमहरू: गाउँको समृद्ध परम्परालाई प्रतिबिम्बित गर्दै गौरा, होली, आदि उत्सव र सांस्कृतिक कार्यक्रमहरू उत्साहका साथ मनाइन्छ।
विकास र भविष्यका योजना:
गर्जमुनीको भविष्यको विकासका लागि ठूलो सम्भावना
रहेको छ,
जसमा एपीएफ क्याम्पको भोगचलन रहेको भूमिमा ठूलो खेल मैदान र पार्कको
सम्भावना रहेको छ । साथै यो भूमिलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्न सकिन्छ।
पूर्वाधार सुधार र स्रोत व्यवस्थापनमा निरन्तर प्रयासले गाउँको विकास र
समृद्धिलाई अघि बढाउने छ।
चुनौतीहरू र समस्याहरू:
वर्तमान चुनौतीहरू: यस
गाउँले कृषि योग्य भूमिमा सिचाइको अभाव, स्तरीय सड़क, खानेपानी अभाव जस्ता धेरै
चुनौतीहरूको सामना गरिरहेको छ । यसबाहेक, पश्चिम र
दक्षिणबाट गाउँमा प्रवेश गर्ने जंगली जनावरहरू जस्तै हात्ती, बदेल, आदिले बाली र
सम्पत्तिमा महत्वपूर्ण खतरा निम्त्याउँछन्।
प्रयासहरू:
यी चुनौतीहरूलाई सम्बोधन गर्ने प्रयासहरूमा गाउँलेहरूको जीवनस्तर सुधार गर्न
उद्देश्यले सामुदायिक पहल र सरकारी सहयोगमा केही योजनाहरू (सडक, शुक्लाफाँटा
निकुञ्जको सिमानामा घेरबार, सिचाइ ट्युबेल अनुदान, आदि) सञ्चालन भइरहेकोमा आगामि समयमा स्तरीय र दिगो समाधानका
पहलहरू आवश्यक छन ।
Comments
Post a Comment